Add to Book Shelf
Flag as Inappropriate
Email this Book

तुङदुङ्‍गे मुन्धुम – किरात आख्यान – एक अध्ययन

By Subba, Nawa Raj, Dr.

Click here to view

Book Id: WPLBN0100749963
Format Type: PDF eBook:
File Size: 0.1 MB
Reproduction Date: 9/18/2023

Title: तुङदुङ्‍गे मुन्धुम – किरात आख्यान – एक अध्ययन  
Author: Subba, Nawa Raj, Dr.
Volume:
Language: Nepali
Subject: Non Fiction, Social Sciences, Anthropological study
Collections: Authors Community, Folklore
Historic
Publication Date:
2023
Publisher: Hamro Idea, Biratnagar, Nepal
Member Page: Nawa Raj Subba

Citation

APA MLA Chicago

Nawa Raj Subba, B. D. (2023). तुङदुङ्‍गे मुन्धुम – किरात आख्यान – एक अध्ययन. Retrieved from http://self.gutenberg.org/


Description
तुङदुङ्‍गे मुन्धुम किरात लिम्बू समुदायको सांस्कृतिक सम्पदा हो। यो किरात समुदायमा विशेष गरी साँबा जातिको पैत्रिक पूजा हो। यसलाई आख्यान भन्‍न सकिन्छ। यस पुस्तकमा आख्यालाई ऐतिहासिक पृष्ठभूमिमा खोज्ने काम भएको छ। यहाँ प्रमाण र सिद्धान्तका आधारमा आख्यानको विश्‍लेषण गरिएको छ। सामाजिक जैविक नमूनाका सैद्धानितक धरातलमा आख्यानलाई तर्किक निष्कर्षमा पुर्‍याइएको छ। एक सांस्कृतिक आख्यानमा रहेको तुङदुङ्‍गे मुन्धुमलाई आख्यान वा परम्परामा मात्र सीमित नराखेर त्यसलाई मानवशास्त्रीय दृष्टिकोणबाट पर्गेल्ने प्रयास अध्ययनमार्फत् भएको छ। यो शोधको प्रारम्मिक समीक्षात्मक स्वरूप एक पुस्तिका र लेखको रूपमा प्रकाशित भैसकेको छ। जसलाई पाठकले अभिरूचीपूर्वक पढेको पाइएको छ। यहाँ उक्त मुन्धुमलाई वस्तुगत आधार र शैद्धान्तिक पृष्ठभूमिलाई गाँसेर थप ब्याख्या गरिएको छ। इतिहास तथा वंशावलीले साँबा जातिको इतिहास किरात–सेन–साँबासंग गाँसिएको जनाउँछ। यो मुन्धुमले ऐतिहासिक तथ्यहरूलाई समर्थन गरेको पाइन्छ। यो अध्ययन यसैमा केन्द्रीत छ। यस अध्ययनले हाम्रा सांस्कृतिक सम्पदाभित्र लुकेर रहेका ज्ञान, मूल्य र मान्यतालाई वैज्ञानिक दृष्टिले हेर्न अभिप्रेरित गर्दछ। यो अध्ययन विभिन्‍न प्रमाण, आधारभूमि, वंशावली र लिम्बू जातिका विभिन्‍न मुन्धुम केलाएर विश्‍लेषण/संश्‍लेषण गरिएको हुँदा शोधकर्तालाई सहयोगी हुने अपेक्षा गरिएको छ।

Summary
यस मुन्धुमलाई किरात साँबा परिवार तथा अन्य लिम्बूले सांस्कृतिक र धार्मिक दृष्टिले हेर्दछन्। मुन्धुममाथि प्रश्‍न राख्‍ने जिज्ञासा राख्‍ने तथा शोध गर्ने आँट हत्तपत्त कसैले गर्दैनन्। प्रस्तुत मुन्धुमको मानवशास्त्रीय दृष्टिकोणबाट हालसम्म अध्ययन र विवेचना भएको छैन। एक्काइसौँ शताब्दीमा वैज्ञानिक दृष्टिले मध्यकालीन मुन्धुमी ज्ञानमाथि अध्ययन र अनुसन्धान गरी चुरो कुरो पत्ता लगाउनु पर्दछ। यो प्रयास विद्यमान मूल्य र मान्यता भन्दा पृथक वैज्ञानिक ढङ्गले गरिएको मुन्धुमको महत्व बढ्दछ। यस अध्ययन शैलीले मुन्धुमउपर अध्येताहरूको वैज्ञानिक दृष्टिकोण परोस् भन्‍ने भित्री चाहना बोकेको छ। किनभने यस्ता मानवशास्त्रीय विवेचनाले किरात लिम्बूको मुन्धुम कत्तिको प्राचीन छ, यसले कुन जीवन दर्शनलाई प्रतिनिधित्व गरेको छ, यो कत्तिको उपयोगी छ, किन उपयोगी छ भनेर जानकारी दिनेछ। अध्ययनबाट आदिभौतिक जीवन दर्शनलाई वर्तमान जीवन दर्शनसित जोड्ने समयानुकूल काम भएको छ। अतः किरात लिम्बूको जीवन दर्शन रहेको मुन्धुम वास्तवमा ऐतिहासिक घटनाक्रममा आाधारित छ भन्‍ने तथ्यलाई प्रस्तुत अध्ययनले स्थापित गर्नेछ ।

Excerpt
मुन्धुमः किरात जातिको परम्परागत ज्ञान हो। उनीहरू यसलाई आध्यात्मिक शक्ति मान्दछन्। मुन्धुमलाई किरातजन आर्यको वेदसरह आस्था गर्ने गर्दछन्। त्यसैले मुन्धुमी ज्ञानले नै किरात समुदायको धार्मिक तथा सांस्कृति पथप्रदर्शन गरेको हुन्छ। यसैले मुन्धुम किरात समुदायको जीवन दर्शन हो। मुन्धुमलाई किरात समुदायका विभिन्‍न आदिवासीका जनजीब्रोले आफ्नोपन थपिदिएको छ। मुन्धुमलाई किरात लिम्बूले मुन्धुम, राईले ‘मुन्दुम’, ‘मुदुम’, ‘दिउला’ भन्‍ने गर्दछन्। त्यसै गरी मुन्धुमलाई किरात सुनुवारले ‘मुक्दुम’ र किरात याक्खाले ‘मुन्तुम’ भन्‍ने गर्दछन्। यद्यपि, यो शब्द उच्चारणमा सुनिने ध्वनिसाम्य तथा समान अर्थका आधारमा यो सिद्ध हुन्छ कि रूपमा अनेकता तापनि सारमा मुन्धुम किरातका साझा ज्ञान हुन्। किरात मुन्धुमलाई विद्वानहरूले विभिन्‍न कोणबाट परिभाषित गरेका छन्। मुन्धुम शब्दमा रहेको ‘मुन्’ वर्णको अर्थ हल्लिनु वा घुम्नु हो। याक्थुङ भाषामा ‘मुरा’ वा ‘मु’ भन्‍नाले मुख वा मौखिक र ‘थुम’ भन्‍नाले बलियो भन्‍ने जनाउँछ। सोही आधारमा इतिहासकार इमानसिंह चेमजोङले पनि मुन्धुमलाई ‘ठूलो बलको शक्ति’ तथा ‘मौखिक रुपमा चलायमान ज्ञान’ बताएका छन्। अझ प्रष्ट पार्दै उनले मुन्धुमलाई किरातको वेद भनेका छन्। हुन पनि मुन्धुम वा वेद दुवैको अर्थ प्रकाशमय ज्ञान भएकाले किरात मुन्धुमलाई किरातको वेद भनिएको हो। किनभने यो मुन्धुमी ज्ञान प्रकाशमय छ जुन सर्वव्यापी र चलायमान हुन्छ। (Chemjong, 1965; 2003a, 2003b, 2003c) किरात समुदायका पुजारी फेदाङबा/मा, साम्बा, येबाले मुन्‍धुमलाई देववाणी बताउँदछन्।

Table of Contents
तुङदुङ्‍गे मुन्धुम – किरात आख्यान – एक अध्ययन प्रतिलिपि अधिकार रचनागर्भ विषयसूची पुस्तक परिचय १ परिचय १.१ मुन्धुम परिचय १.२ मुन्धुमका प्रकार १.३ लिखित मुन्धुम १.४ तुङदुङ्‍गे मुन्धुम १.५ तुङदुङ्‍गे मुन्धुमको पृष्ठभूमि १.६ साँबा परिवार २ साहित्यिक पुनरावलोकन २.१ पूर्व वैदिककालीन वोन र शिवधर्म २.२ काशीवंशको यात्रा २.३ सेन वंश र भारतमा कुसान आक्रमण २.४ सेनवंशको सिमाङगढ/ सिम्रौनगढ २.५ तुङदुङ्‍गे मुन्धुममा पाइने सामाजिक जैविक ढाँचा २.६ बराहक्षेत्र र किरात नाता २.७ बराहक्षेत्रसित आदिवासीको नाता २.८ खजुम मुन्धुम २.९ निङ्‍लेखु लिम्बू र तुङदुङ्‍गे पूजा २.१० वारूमहाङ लिम्बू र तुङदुङ्‍गे देव २.११ तुङदुङ्‍गे मुन्धुम सम्बन्धी तिब्बती कहावत २.१२ मुन्धुम बुझेको तर मर्म नबुझेको २.१३ सामाजिक जैविक ढाँचा २.१४ वंशावली समीक्षा २.१५ किरात सेन साँबा ऐतिहासिक पृष्ठभूमि ३ समस्याकथन ३.१ मुन्धुमी धर्म जाने पनि मर्म नबुझेको अवस्था ३.२ तुङदुङ्‍गे मुन्धुमको उद्देश्य ३.३ तुङदुङ्‍गे मुन्धुम अध्ययनको औचित्य ३.४ तुङदुङ्‍गे मुन्धुम अध्ययनको सीमा ३.५ इतिहास लेखनका प्रवृत्ति ४ अध्ययन विधि ४.१ अध्ययन विधि ४.१ सैद्धान्तिक निरूपण ५ नतिजा ५.१ फयङ साँबाको जनसंख्या ५.२ तुङदुङ्‍गे पूजा परम्परा ५.३ पूजा विधि तथा सामग्री ५.४ तुङदुङ्‍गे मुन्धुम ५.५ नेपाली अनुवाद ५.६ साँबा समुदायको पहल ६ छलफल तथा विश्लेषण ६.१ प्रकृति पूजा र पितृपूजा आदिवासी जीवनशैली हो ६.२ तुङदुङ्‍गे र ढङढङ्‍गे ६.३ सामाजिक जैविक ढाँचा अनुकूलको मुन्धुमी सार ६.४ सेन वंशको लिम्बुवान प्रवेश ६.५ सेनवंशको लिम्बू समुदायमा विलयन ६.६ बराहा कोकोहामाङ को थिए? ६.७ साँबा थर उत्पत्ति ६.८ फयङ थर उत्पत्ति ६.९ मौखिक र लिखित मुन्धुममा भिन्‍नता ६.१० नुनपानी सन्धिमा उठको वंशावली सन्दर्भ ६.११ पुरातात्विक स्थलहरू ६.१२ सूर्यकुण्ड ६.१३ आदिवराहाको मूर्ति र खजुम मुन्धुम ६.१४ वराहक्षेत्र १५ वर्षको अन्तरालमा ७ निष्कर्ष ८ सुझाव सन्दर्भ सामग्री अनुसूची अनुसूची १ तुङदुङ्‍गे मुन्धुमको पूर्ण पाठ अनुसूची २ प्रथम वंशावली खाका अनुसूची ३ सूचना संकलन चेक लिष्ट अनुसूची ४ लिङथाङ यकको प्राकृतिक स्वरूप अनुसूची ५ सामुहिक तस्वीरहरू लेखक परिचय र अन्य प्रकाशन

 
 



Copyright © World Library Foundation. All rights reserved. eBooks from Project Gutenberg are sponsored by the World Library Foundation,
a 501c(4) Member's Support Non-Profit Organization, and is NOT affiliated with any governmental agency or department.